ताजा समाचार

ग्रेटर नेपालका संयोजक फणीन्द्र नेपालले तिरेनन घर भाडा, बैशाख ९ गतेसम्म घर खाली गर्न घरबेटीको उर्दी

काठमाडाैं ।  ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक रहेका फणीन्द्र नेपालले घरवहाल तिर्न नसकेपछि सार्वजनिक सुचना मार्फत घर खाली गर्न घरबेटीले आह्वान गरेका छन् ।

नेपालको सिमाना मिचिएको भन्दै ग्रेटर नेपालको स्थापना गरेर सुगाैली सन्धिको समेत खारेज गर्दै नेपालको अतिक्रमित सिमाना फिर्ता ल्याउनुपर्ने माग राख्दै आएका नेपालले संचालन गरेको इडेन पब्लिक स्कुलले घरबहाल समयमै तिर्न नसकेको मात्रै नभएर घरबेटीसँग भएको सम्झाैता समेत लत्याएका छन् ।

काठमाडाैं महानगपालिका ०७, स्थित चाबहिलमा रोकिका नेपाल संचालक तथा फणीन्द्रे नेपाल अध्यक्ष रहेको इडेन पब्लिक स्कुलले ०७२ साल साउन १ गते भएको सम्झाैता अनुसार घरबहाल तिर्न नसकेपछि घरबेटी नरेन्द्र कुमार न्याैपानले सार्वजनिक सुचना निकालेका हुन् ।

घरबेटी न्याैपानेले घर खाली गराउन ३५ दिने सुचना निकाल्दा समेत नेपालले नटेरेको सार्वजनिक सुचना मार्फत जानकारी गराएका छन् । घरबेटी न्याैपानेले सुचना जारी भएको मितिले ३ दिन भित्र घर खआली गराउन समेत आग्रह गरेका छन् । घर खाली गराउन घरबेटी न्याैपानेले सोमबार अर्थात बैशाख ९ गतेसम्मको समयसिमा दिएका छन् ।

हेर्नुहोस् उनीविरुद्ध जारी भएको सार्वजनिक सुचनाः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org