ताजा समाचार

‘नो फोटो जोन’मा राष्ट्रपति भण्डारीको क्लिकपछि विवाद

काठमाडाैं । भक्तपुरको तलेजुमा ‘नो फोटो जोन’मा फोटो खिचाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा परेकी छन्।

भक्तपुरको तलेजु प्रवेशद्वारमै फोटो खिचाएपछि राष्ट्रपति भण्डारीको व्यापक विरोध सुरु भएको हो । फोटो खिच्न महानी गरेको स्थानमा राष्ट्रप्रमुखसहित जनप्रतिनिधिको टिमले फोटो खिचाएपछि यो फोटोले सामाजिक संजालमा धमास पिटाइरहेको छ ।

राष्ट्र प्रमुखले समेत नियम पालना नगरेको भन्दै विरोध सुरु भएको हो । भण्डारीको भक्तपुर भ्रमणमा खिचिएका फोटोले अहिले खबै चर्चा पाएको छ । सर्वसाधारण तथा विदेशी परयटकले फोटो खिचिहाले भनेपनि मेटाउन लगाउने गरेको स्थानमा फोटो खिचेपछि विरोधका स्वरहरु बाक्लो हुँदै गएका हुन् ।

फोटो खिच्न मनाही गरिएको ठाउँमा खिचिएको फोटोमा राष्ट्रपति भण्डारीसँगै भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद एवं नेकपा (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेत, प्रदेश नं. ३ का सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसमेत रहेका छन्।

त्यस्तै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति, सचिव राजुमृग्रेन्द्र जोशी, तलेजुका कर्माचार्य नाइके सिद्धिवीर कर्माचार्यलगायतसमेत सामूहिक फोटोमा देखिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org