ताजा समाचार

पार्टी एकताको अन्तिम टुंगो लागिसक्यो भोली एकता घोषणा हुन्छः प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी स्थापनाको ७० आैं वर्षगाँठ भव्यताका साथ मनाएको छ ।

राजधानीको राष्ट्रिय सभागृहमा  नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा नेकपाले पार्टी स्थापना दिवस र सम्मान कार्यक्रम मनाएको हो ।

प्रचण्डले पार्टी एकता विविध कारण लम्बिएको कारण अब भोली नै पार्टी कमिटिको एकताको घोषणा गर्ने समेत जनाएका छन्  । प्रधानमन्त्री केपी शर्मा ओली र आफूले बालुवाटारमा बसेर पार्टी एकता टुंगो लगाएर आएको र भोली त्यसको घोषणा हुने समेत दाबी गरेका छन् ।

पार्टी एकताका लागि अन्तिम रुप दिन दुईजना नेताहरुलाई जिम्मा दिएको समेत प्रचण्डले बताएका छन् । आफू आज राधानी बाहिर जान लागेको भन्दै साँझ फर्केपछि बालुवाटारमा छलफल गरेर भोली पार्टी एकतालाई अन्तिम रुप दिन लागिएको जानकारी गराएका छन् ।

जिल्लाको नेतृत्व र जनसंगठनहरुको एकता घोषणा समेत भोली नै हुने समेत दाबी गरेका छन् ।

पार्टी स्थापना कार्यक्रममा बोल्दै प्रचण्डले भने, पार्टीले सरकार र कामबारे समिक्षा गर्ने योजना बनाएको छ । दुई तिहाई बहुमतको सरकारका कामको समिक्षाका साथै जनअपेक्षाका बारेमा समेत गम्भीर समिक्षा गर्ने क्रममा छाैं ।

कम्युनिष्ट आन्दोलनमा सहयोग पुर्याएको भन्दै खम्बासिंह कुवरलाई सभागृहमा पहिलो सम्मान गरिएको छ ।

अध्यक्ष प्रचण्डले निमन्त्रणा कार्डलाई सामाजिक संजाल फेसबुकमा सेयर गर्दै कम्युनिष्ट आन्दोलनमा योगदान दिने सबैलाई सम्मान तथा पार्टी स्थापनाको ७० आैं वर्षगाँठमा सहभागी हुन आग्रह गरेका थिए ।

कार्यक्रमको अध्यक्षता भने नेकपा प्रदेश ३ अध्यक्ष नारायण दाहालले गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org