ताजा समाचार

बैशाख ९ गते नेकपाले प्रज्ञा भवनमा ७० औं पार्टी स्थापना दिवस मनाउने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी स्थापना दिवस प्रज्ञा प्रतिष्ठान कमलादीमा भव्य रुपमा मनाउने भएको छ ।

नेकपा केन्द्रिय सचिवालयको आयोजनामा भोली बैशाख ९ गरे प्रज्ञा प्रतिष्ठान कमलादीमा पार्टीको ७० आैं स्थापना दिवस मनाउन लागिएको केन्द्रिय कार्यालयले विज्ञप्ति निकाल्दै जानकारी दिएको छ ।

भोली दिउसो १२ बजे प्रज्ञा भवन कमलादीमा कार्यक्रम हुने भन्दै कृष्णगोपाल श्रेष्ठ विज्ञप्ति जारी गरेका छन् । कार्यक्रममा नेकपाका दुवै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड उपस्थित हुने जनाइएको छ ।

आज राष्ट्रिय सभामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले समेत यसबारे जानकारी गराइसकेका छन् । भने, भोली नेकपाले एकता प्रक्रियालाई समेत अन्तिम टुंगो लगाउने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org