ताजा समाचार

गाउँपालिका अध्यक्ष चाैधरीको उपचारको क्रममा निधन

महोत्तरी । पिपरा गाउँपालिका अध्यक्ष विनोद चाैधरीको आज बिहान निधन भएको छ ।

पाँच÷छ दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाडौँं लगिएकामा ४५ वर्षीय चौधरीको आज उपचारका क्रममा काठमाडौँंमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले बताए ।

राजपाबाट पिपराका अध्यक्षमा निर्वाचित चौधरीको आज बिहान १० बजे काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको संयोजक यादवले बताए । अध्यक्ष चौधरीले निर्वाचित भएदेखि नै पटक पटक बिरामी भएर भारतको दिल्लीसम्म उपचार गराएका थिए । पाँच÷छ दिनअघि पुनःएक्कासि बिरामी भएपछि उहाँलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो । चौधरीको शव जिल्ला ल्याउने तयारी भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org