ताजा समाचार

विप्लवका पूर्वी कमाण्ड इन्चार्जले भने- पार्टी फुटाउन चलखेल सुरु भयो, अहिले वार्ताको औचित्य छैन्

काठमाडाैं । प्रतिबन्धित नेकपाका स्थायी समिति सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज अनिल शर्मा ‘विरही’ले आफनो नाम जोडेर वार्ता गर्न विप्लवमाथि दबाब दिएको भनेर गलत समाचार प्रकाशन गरेको भन्दै क्रोध व्यक्त गरेका छन् ।

विरहीले भनेका छन्, अहिले वार्ताको कुनै औचित्य नै छैन् । पार्टीमा वार्ताका लागि कुनै ठोस छलफल नै भएको छैन् । पार्टीमा विभाजन ल्याउन विभिन्न तत्वले चलखेल गर्दै आएका छन् । यस्ता कुराको भ्रममा नपर्न जनतालाई आग्रह गर्दछु ।

केपी ओली र बादल सरकारले नेकपाका विरुद्ध प्रचारयुद्धलाई घनीभूत बनाएको छ । मेरो नाम जोडेर नेकपाको नेतृत्वलाई वार्ताका लागि दबाब दिएको भनी सार्वजनिक भएको समाचार भ्रमपूर्ण, कपोलकल्पित हुनुका साथै फुटाउ र राज गर भन्ने मनसायबाट निर्देशित छ । विरहीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ, सैद्धान्तिक रुपमा हामी वार्ताका विरोधी होइनौँ भन्ने कुरा पटकपटक सार्वजनिक गर्दै आएका छौँ तर अहिले वार्ताको न सन्दर्भ छ, न त औचित्य नै । यसप्रकारको समाचारमा कुनै सत्यता नरहेको तथा पार्टीको नीति र कार्यक्रमप्रति हामी सबै दृढ रहेको सबैमा अपिल गर्दछु ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org