ताजा समाचार

डेढ करोडमा विमान चार्टर्ड गरेर राष्ट्रपति भण्डारी चीन भ्रमणमा जाने

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक चीन भ्रमणकालागी नेपाल वायुसेवा निगमको विमान चार्टर्ड गरिने भएको छ ।

निगमको एयरबस ३२० विमानमा राष्ट्रपति भण्डारी चीन जाने भएकी हुन् । १ सय ५८ सिटे विमानमा चीन प्रस्थान गर्न लागेकी भण्डारीको यहि बैशाख ११ देखि सुरु हुने चीनको भ्रमण राजकीय हुने पक्का भैसकेको छ ।

भण्डारीकालागि विमान चीन पठाउने तयारी भैरहेको निगमका सहप्रवक्ता नवराज कोइरालाले जनाएका छन् । भिभिआइपी उडान भएकाले परराष्ट्र मन्त्रालय लगाएतका अन्य निकायको समन्वयमा हामीले तयारी थालेका छौं । यसमा बरिष्ठ क्याप्टेनसहित पाइलटको टोली सहित क्याबिन क्रु मेम्बर जानेछन् । कोइरालाले भने ।

निगमका अनुसार राष्ट्रपतिको भ्रमणको पहिलो दिन काठमाडौँबाट सियानसम्मको उडान हुने छ । त्यसैगरी, सियानबाट राष्ट्रपतिलाई बेइजिङमा छोडेपछि जहाज काठमाडौ फर्कने तालिका रहेको निगमले जनाएको छ । त्यस्तै, उनलाई लिन फेरि जहाज जानेछ । तिन दिने चार्टर्ड उडानको लागत १ लाख ५० हजार अमेरिकी डलर अर्थात करिव १ करोड ६५ लाख रुपैयाँ हुने निगमका एक अधिकारीले जानकारी दिए । यो रकम सरकारले निगमलाई दिने पनि ती अधिकारीले बताए ।

यो भन्दा पहिले प्रधानमन्त्री केपी शर्मा ओली भने चीन भ्रमणमा निस्किदा निजि विमान कम्पनी हिमालयन एयरमा चीन गएका थिए । हिमालयन एयरमा चिनियाँ लगानी समेत रहेको छ । भने प्रधानमन्त्री ओलीको उक्त समयमा व्यापक विरोधसमेत भएको थियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org