ताजा समाचार

फलामे ढोका फोरिदिएका छाैं, अब मिसन पुरा गर्न लाग्नुसः प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले एकताको गाँठो ठूलो संघर्षबाट फलामे ढोका फोरिदिएको जनाएका छन् ।

नेकपा स्थापनाको ७० आैं वर्षगाँठ मनाउन प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रम बोल्दै प्रचण्डले यस्तो जनाएका हुन् । प्रचण्डले पार्टी एकतालाई बिथोलन विभिन्न तत्व लागेको स्मरण गर्दै ढिलै भएपनि पार्टी एकताको फलामे ढोका फुटाइदिएको दाबी गरेका छन् ।

कडा रुपमा प्रस्तुत भएका प्रचण्डले भने, ‘अन्तिम फलामे ढोका हामीले फोरिदिएका छौं । ‘यो फलामे ढोकाजस्तै थियो । किनकी गाँठो हाम्रो त्यहीँनिर परेको थियो, मुख्य गाँठो फुकेपछि अरु गाँठो सजिलै फुक्नेछ । केही ढिलो भएकोमा क्षमा माग्दै हामीले मिसन कम्प्लिट गरेका छौं ।’

पार्टी एकताका लागि बनाएका विभिन्न कार्यदल तथा समितिका कामहरुका कारण पार्टी एकता नै खतरामा त पर्ने होइन भन्ने प्रश्न उठेपछि हामीले पुनः फछाडी फर्केर पहिलेकै संरचनामा पार्टी एकतालाई पूर्णता दिएको जनाएका हुन् ।

पार्टी स्थापनाको वर्षगाँठ मनाउने क्रममा नेकपाको जिल्ला नेतृत्व कसले पाउला भन्ने कुरा समेत चर्चा र बहसमा रहेकै बेला खचाखच भीडले भरिएको हलमा प्रचण्डले कम्युनिष्ट पार्टीलाई गति दिन र रुपान्त्रण गर्न तल्लोतहसम्म नेकपाले नेतृत्व पाएको जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org