ताजा समाचार

नेकपा एकता, पार्टीले गलत निर्णय गर्‍यो, नसच्याइए समानान्तर कमिटि बनाउछाैंः डाचाराज वाग्ले

काठमाडाैं । नेकपाको जिल्ला एकता टुंगिएसंगै विवादका आवाजहरु भने आउन थालेका छन् ।

नेकपा सर्लाहीमा जिल्ला सचिवमा चयन भएका डाचाराज वाग्लेले पत्रकार सम्मेलन गरेर विरोध जनाएका छन् । नेकपा केन्द्रिय सदस्य समेत रहेका वाग्लेले आफू घटुवामा परेको र नेतृत्वले केन्द्रिय कमिटिकै उपहास गरेको भन्दै उनले पत्रकार सम्मेलन गरेर विरोध जनाएका हुन् ।

नेकपा सर्लाहीको जिल्ला कमिटिमा पूर्वएमालेको भागमा अध्यक्ष परेपछि प्रदेश कमिटि सदस्य रेवती पन्त अध्यक्षमा चयन भएपछि वाग्लेले विरोध गरेका हुन् । अबेर राती पत्रकार सम्मेलन गर्दै वाग्लेले भने,  ‘पार्टीले सार्वजनिक गरेको जिल्ला अध्यक्ष र सचिवको सूची अनुसार सर्लाहीको हकमा केन्द्रीय कमिटीकै उपहास गरिएको छ’, उनले भने, ‘त्यसैले मैले सचिव पद अस्वीकार गर्ने निर्णय लिएको छु।’

अध्यक्षमा चयन भएका पन्त प्रदेश सदस्य भएको तर आफू केन्द्रिय सदस्य हुँदा पनि पार्टीले एककदम गलत निर्णय गरेको भन्दै पदवाट फिर्ता हुने निर्णय लिएको जनाउदै उनले पार्टी नेतृत्वसँग निर्णय सच्याउन माग समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा तत्कालिन एनेकपा माओवादीका स्थायी कमिटी सदस्य समेत रहेका वाग्ले सहित तत्कालिन नेकपा एमालेबाट निर्वाचित प्रदेश सांसद्द्वय डिल्लीप्रसाद उप्रेती र बेची लुंगेली एवं नेताहरु हरि उप्रेती, सुरेन्द्र लामा, उत्तरकुमार मैनाली तथा तत्कालिन माओवादीबाट निर्वाचित बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, जिल्ला अध्यक्ष कमल बुढाथोकी लगायत दुवैतर्फका डेढ दर्जन नेताकार्यकर्ताहरुको उपस्थिती रहेको थियो। नेतृत्वले तत्काल निर्णय नसच्याए समानान्तर कमिटी गठन गर्ने चेतावनी समेत उनीहरुले दिएका छन्।

वाग्ले बादल समूहका नेता मानिन्छन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा-माओवादी र परि थापा नेतृत्वको नेकपा एकीकृत पार्टीबीच एकता प्रक्रियामा आएका वाग्ले बादलसँगै प्रचण्ड नेतृत्वको एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीमा प्रवेश गरेका थिए । वाग्ले बादलसँगै एकतामा आएकाले उनी बादल निकटका नेता मानिन्छन् । उनी आफूलाई बादल समूह कै नेता भएको दाबी गर्ने गरेको समेत उनी निकट नेताहरुले जनाउने गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org