ताजा समाचार

विप्लवका झापा जिल्ला इन्चार्जसहित २ जना पक्राउ

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका झापा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बिर्तामोड नगरपालिका-०१,स्थित आँखा अस्पताल नजिकैबाट सोमबार साँझ जिल्ला इन्चार्ज साैगात कटुवाल र सदस्य अर्जुन चाैहानलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय, अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

यो सँगै झापामा विप्लव समूहका ६ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । देशैभर विपलवका नेता कार्यकर्ता पक्राउ परिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org