ताजा समाचार

धादिङको नौबिसे केन्द्र बनाएर ११ मिनेटको फरकमा दुई भुकम्पका झड्का

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ । धादिङको नौबिसे केन्द्रविन्दु बनाएर भुकम्पका पराकम्प गएको मापन केन्द्रले जनाएको छ ।

तर, काठमाडाैंबाट उत्तर पश्चिममा करिब ६८ किलाेमिटरकाे दूरीमा भूकम्पकाे केन्द्र रहेकाे फ्रान्सस्थित भूकम्प मापन केन्द्रले जनाएकाे छ।

भूकम्पकाे केन्द्र नेपाल र चीनकाे सीमा क्षेत्र रहेकाे बताइएकाे छ।

भुकम्पले काठमाडौ लगाएत नुवाकोट धादिङ आसपासमा हल्लाएको समेत केन्द्रले जनाएको छ ।

भूकम्पमापन केन्द्रले भूकम्पको धक्का महसुस भएको जनाए पनि यसको मापन र केन्द्रबिन्दुबारे भने केही पनि बताएको छैन ।

२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । त्यसयता निरन्तर भूकम्पको धक्का महसुस भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org