ताजा समाचार

नेकपा रुपन्देही सचिव न्याैपानेले दिए पदबाट राजीनामा

काठमाडाैं । पूर्वमाओवादीको कोटाबाट नेकपाको जिल्ला सचिवमा चुनिएका माननीय दधिराम न्याैपानेले पदबाट राजीनामा दिएका छन् । पार्टी नएकता प्रक्रियाप्रति असन्तुष्टि जनाउदै न्याैपानेले राजीनामा दिएका हुन् ।

प्रदेश सभा सदस्य एवं नेकपा केन्द्रिय सदस्य दधिराम न्याैपानेले बुटवल उपमहानगरपालिकाका मेयर एवं पार्टी प्रदेश सदस्य शिवराज सुवेदी अध्यक्ष चुनिएपछि पार्टीले एकता प्रक्रियाको मर्म नबुझेको आरोप लगाउदै आएका थिए ।

जिल्ला अध्यक्षमा चुनिएका सुवेदीभन्दा न्याैपाने माथिल्लो तहका नेता हुन् । न्यौपाने पूर्व माओवादी केन्द्रको पोलिटब्युरो सदस्य थिए ।

न्याैपानेले पार्टी केन्द्रिय कार्यालयलाई इमेल मार्फत राजीनामा बुझाएका छन् । भने, प्रदेश इन्चार्ज एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटेरै राजीनामा बुझाएका छन् ।

न्याैपानेले राजीनामामा आफू प्रदेश सभाअन्तर्गतको उद्योग तथा वातावरण समितिको सभापति र पार्टी केन्द्रीय सदस्यसमेत रहेकाले जिल्ला सचिव पदमा नरहेर नयाँलाई स्थान दिनुपर्ने भन्दै घुमाउरो असन्तुष्टि पोखेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org