ताजा समाचार

आयुक्तहरु दाहाल र पाैडेलले गरे प्रमुख निर्वाचन आयुक्तको कार्यक्रम बहिस्कार, कारण यस्तो छ…

काठमाडाैं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोजना गरेको कार्यक्रममा निर्वाचन आयुक्तहरु नै अनुपस्थित भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहन गरेर पदभार ग्रहन गर्दै प्रमुख निर्वाचन आयुक्तद्वारा कर्मचारीलाई ब्रिफिङ गर्ने कार्यक्रममा आयुक्तहरु नरेन्द्र दाहाल र ईश्वरी प्रसाद पाैडेल अनुपस्थित भएका हुन् ।

सामान्यतयाः प्रमुख निर्वाचन आयुक्तले आयोजना गर्ने कर्मचारी ब्रिफिङ कार्यक्रममा आयुक्तहरु जाने प्रचलन रहेको पाइन्छ । तर, उनीहहरु भने कार्यक्रम बहिस्कार गरेर बसेका हुन् ।

निर्वाचन आयोग स्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त थपलियालाई अपमान गर्ने उद्धेश्यले उनीहरु उक्त कार्यक्रममा अनुपस्थित भएका हुन् । थपलियालाई निर्वाचन आयोगमा भित्रि रुपमा असहयोग गर्ने गरि उनीहरुले आफ्नो संजाल विस्तार गर्दै लगेको समेत स्रोतको दाबी छ ।

आयुक्त दाहाल आफू प्रमुख निर्वाचन आयुक्त हुने भनेर बसेका थिए । तर, सरकारले प्रमुख निर्वाचन आयुक्तमा संघिय मामिला मन्त्रालयका रहेका वहालवाला सचिव थपलियालाई ल्याएपछि उनीहरुले इगो साध्न थालेका हुन् । आयुक्त दाहाल तत्कालीन एमालेको तर्फबाट र अर्का आयुक्त पाैडेल नेपाली कांग्रेसको कोटाबाट आयुक्तमा पुगेका हुन् ।

नेकपाको दुई तिहाईको सरकार भएकाले समेत दाहालले आफू प्रमुख निर्वाचन आयुक्त हुने लोभ गरेका थिए । तर, सरकारले त्यसको विपरित काम गरेपछि उनी चिढिएको जनाइन्छ ।

तर, स्थानिय तहको चुनावका बेला भरतपुरको चुनाव काण्डमा तत्कालीन नेकपा एमालेलाई धोका दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग चिढिएका हुन् । प्रधानमन्त्री ओलीले भरतपुरको निर्वाचनबारे नोट अफ डिसेन्ट लेख्न निर्देशन दिएका थिए । यद्यपी उनी बिदामा बसेर एमालेलाई साथ दिनुको सट्टा पुनः निर्वाचन गराउने स्थिति बनेर निर्वाचन सम्पन्न भएपछि उनको तत्कालीन एमालेसँग दुरी बढेको थियो ।

भरतपुर महानगरपालिकाको चुनाव काण्डले दाहालमाथिको विश्वास गुमेको पूर्वएमालेका नेताहरुले जनाउने गरेका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनी पार्टीलाई चाहिएको बेला काम नलाग्ने मान्छे भएकाले प्रमुख निर्वाचन आयुक्त बनाउन नसकिएको जनाइन्छ । उनले कांग्रेसबाट आयुक्तमा पुगेका पाैडेललाई समेत प्रभावमा पार्न सफल भएका छन् । भरतपुर महानगपालिकाको निर्वाचन काण्डले उनीहरुबीचको घणिष्ठता बढेको आन्तरिक स्रोतको दाबी छ ।

उनीहरु प्रमुख निर्वाचन आयुक्तले आयोजना गरेको कार्यक्रममा अनुपस्थित भएपछि राजीनामा दिन  दबाब परेको छ । निर्वाचन आयोगका एक कर्मचारीले भने, प्रमुख निर्वाचन आयुक्तको निर्देशन तथा नितिलाई फ्लो नगर्ने र कार्यक्रम नै बहिस्कार गर्ने हो भने यस्तो पदमा बस्नुको खआसै आैचित्य हुँदैन् । उहाँहरुमाथि स्पष्ठिकरण सोधिन्छ या राजीनामाको कुरा हुन्छ त्यो भने समयक्रमले जनाउला ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org