ताजा समाचार

कार्यबहाक राष्ट्रपतिको जिम्मा नन्दबहादुर पुन ‘पासाङ’लाई

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा निस्केपछि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ;लाई कार्यबहाकको जिम्मा दिएकी छन् । राष्ट्रपति भण्डारी चीनबाट स्वदेश फिर्ता नभएसम्म उपराष्ट्रपति पुनले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने छन् ।

संविधानको धार ६७ को उपधार २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी ९ दिने चीन भ्रमणमा निस्किएसँगै कार्यवाहक राष्ट्रपतिको जिम्मा उपराष्ट्रपतिलाई सुम्पिएकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org