ताजा समाचार

१० प्रतिशत सेयर सर्वसाधारणलाई दिने डिसहोमको निर्णय, अध्यक्षमा ढकालको निरन्तरता

काठमाडौं । डिस मिडिया नेटवर्कको अध्यक्षमा हेमराज ढकालले निरन्तरता पाएका छन् । नेटवर्कको ९औं बार्षिक साधारण सभाले तत्कालीन संचालक समितिलाई आगामी चार वेर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

साधारण सभाले साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। अध्यक्ष ढकालले कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव गरेका थिए।

नियामक निकायसँग छलफल गरेर शेयर जारी गर्ने प्रकृयामा डिसहोम रहेको छ। कम्पनीले आफ्नो ब्यापार बिस्तारका लागि पूँजी जोहो गर्न साधारण शेयर जारी गर्न लागेको जनाएको छ।

कम्पनीले साधारण शेयर प्रिमियममा जारी गर्ने नगर्ने बारे प्रष्ट पारेको छैन

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org