ताजा समाचार

काठमाडाैं महानगरमा विरोधपछि बृद्धि भएको शुल्क खारेज

काठमाडौं । निजी विद्यालयको शुल्कमा भएको वृद्धिको चाैतर्फी विरोध भएपछि काटमाडाैं महानगरपालिकाले उक्त निर्णयबाट पछि हटेको छ । महानगरलापिकाले बृद्धि भएको शुल्क खारेज गरेको हो ।

महानगरपालिका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले गएको फागुन २६ गते शुल्क बृद्धि गर्ने निर्णय गरेको थियो । तर, ‘विद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति’ले गरेको निर्णय खारेज गर्दै महानगरले आफ्नो बचाउ गरेको छ ।

काठमाडौं महानगरले बिद्यालय शिक्षा व्यवस्थापनका लागि जारी गरेको ‘शिक्षा ऐन-२०७५’ र ‘विद्यालय शिक्षा व्यबस्थापन नियमावली-२०७४’ बमोजिम शुल्क निर्धारण गर्ने अधिकार नगर कार्यपालिकामा मात्र भएको भन्दै शुल्क वृद्धिको निर्णय खारेज गरेको हो ।

विभिन्न वर्गमा विद्यालयको वर्गीकरण गरेर शुक्ल निर्धारण गरेको महानगरपालिकाले आफनो वचाउ गर्दै शुल्क खारेज गरेपनि विद्यालयले भर्ना अभियान करिव सकिसकेकाले भर्ना भइसकेका विद्यार्थीको शुल्कबारे भने केहि बोलेको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org