ताजा समाचार

सत्तारुढ दल नेकपाका भातृ संगठन युवा विद्यार्थीले भने, कर नतिर्ने एनसेलको सिम बहिस्कार गराैं !

काठमाडाैं । सत्तारुढ दल नेकपाका भातृ संगठनले एनसेलका सिम कार्ड नचलाउन अपिल गरेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि ठूला करदाता कार्यालयले निर्धारण गरेको कर तिर्न एनसेलले आनाकानी र बहानाबाजी गर्न तालेको भन्दै एनसेलले कर नतिरेमा विरोधका विभिन्न कार्यक्रम सुरु गर्ने भन्दै वाइसिएल, युवा संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले विज्ञप्ति जारी गरेका छन् ।

संगठनका अध्यक्षहरुले जारी गररेको विज्ञप्तिमा भनिएको छ, ‘एनसेललाई कर छुट दिने वा कुनै प्रकारका विषेश सहुलियत दिने जस्ता राष्ट्रघाति निर्णय नगर्न सम्बद्ध निकायहरुसँग आग्रह गर्दछाैं । साथै, एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिर्दा एनसेलको सिम कार्ड प्रयोग नगर्न नगराउन मातहतका सबै साथिहरु र आम न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछाैं । २४ घण्टा भित्र एनसेलले कर नतिरेमा विभिन्न दबाबका कार्यक्रम घोषणा गरिने यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छाैं ।’

एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको कर कानुन सम्मत नभएको भन्दै थोरै कर तिर्ने दाबी सहित सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org