ताजा समाचार

पोल्याण्डका नागरिक हतियारसहित त्रिभुवन विमानस्थलमा पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक विदेशी नागरिक हतियारसहित पक्राउ परेका छन् ।

कतार एयर मार्फत काठमाडाैं ओर्लिएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियारसहित बुधबार साँझ पक्राउ परेका हुन् ।

ती विदेशी नागरिकले ल्याएको ह्याण्ड ब्यागमा मेड इन चाइना लेखेको बन्दुक जस्तो देखिने कालो रंङ्गको हतियार चेकजाँचको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फेला परेको हो । र यसका साथै, १७७ क्यालिबरको गोलीको ३ प्याकेट फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

विमानस्थल भन्सार कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाएको थियो । पक्राउ परेका पोल्याण्डका नागरिकलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org