ताजा समाचार

श्रीलंका विस्फोटः हमलाकारीको घरमा पक्राउ गर्न प्रहरी पुगेपछि बम हानेर घर ध्वस्त, परिवारका सबै सदस्यको मृत्यु !

एजेन्सी। श्रीलंकामा विष्फोट गराउने हमलाकारीलाई पक्राउ गर्न प्रहरी घरमै पुगेपछि बम हानेर घर नै ध्वस्त पारिदिएपछि परिवारका सबै सदस्यको मृत्यु भएको छ ।

हमलामा संलग्न भएको पत्ता लागेपछि प्रहरी धनाढ्य व्यापारी इन्साफ इब्राहिम उनको घरमै पुगेको थियो । तर, घरमा पुलिस पुगेपछि इन्साफका भाइ इल्हामले घरमै बम पड्काएर घरै उडाइदिए । विष्फोटमा इल्हामसहित उनकी पत्नी र तीन सन्तानको ज्यान गयो ।

२१ अप्रिलमा श्रीलंकामा भएका ८ विष्फोटमा ३५९ जनाको मृत्यु भएको थियो । इन्साफले होटल साङ्ग्रिलामा आफैं आत्मघाती बम लिएर गएका थिए र आफू पनि मारिएका थिए ।

यी दुवै दाजुभाइ कोलम्बोको महावेला गार्डेसमा एक तीन तले घरमा बस्थे । उनीहरुकी छिमेकी फतिमा फजलाका अनुसार उनीहरु सभ्य व्यक्तिजस्तै देखिन्थे । फतिमाका अनुसार छिमेकीहरु कसैलाई पनि शंका भएन कि उनीहरु आतंकवादी गतिविधिमा संलग्न छन् । महावेला गार्डेन्समा धनी परिवारहरु बस्छन् । इन्साफ र इल्हामका पिता मोहम्मद इब्राहिमलाई पुलिसले सोधपुछका लागि पक्राउ गरेको छ । मोहम्मद मसलाका व्यापारी हुन् र व्यापार क्षेत्रमा ठूला मानिछन् ।

फजलाका अनुसार मोहम्मद इब्राहिम गरिबलाई खाना कपडा दान गर्ने कारण चर्चामा रहन्छन् । फजलाले उनका सन्तानले यस्तो गर्न सक्छन् भने आफूलाई विश्वास नलागेको बताइन् । एक छिमेकीका अनुसार इल्हाम खुला रुपमै कट्टरपन्थी विचारको समर्थन गर्थे । उनी स्थानीय चरमपन्थी गुट नेशनल तौहिद जमातको बैठकमा सहभागी हुन्थे । इल्हामको तुलनामा इन्साफ खुला विचारका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org