ताजा समाचार

श्रीमतिका हातखुट्टा बाँधेर श्रीमानले जलाएर फरार, सासु पक्राउ

काठमाडाैं। धनुषामा एक नवविवाहिता निर्मला यादवलाई पतिले मट्टीतेल छर्केर जलाएको घटनाको दुई साता नवित्दै सिरहामा फेरि एक महिलालाई जलाइएको छ ।

घटनापश्चात कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन् भने सासुलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

कञ्चनलाई घटनाकै बेला उद्धार गरेर प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर शरीरको अधिकांश भाग जलिसकेकाले उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार घटना बिहीबार विहान ११ बजेतिरको हो । ‘घरायसी विवाद हुँदा घरमा आगोले जलेको अवस्थामा कञ्चन फेला परिन् हामीले तत्कालै कञ्चनलाई उपचारको लागि धरान पठायौं ।’, उनले भने ( हामी घटनाको अनुसन्धानको लागि कञ्चनकी सासुलाई नियन्त्रणमा लिएका छौं । पति बेचन फरार भएका छन् । उनको पनि खोजी कार्य जारी रहेको छ । घटना कसरी भएको हो भन्ने एकिन अहिलेसम्म भएको छैन ।हामी अनुसन्धान गरिरहेका छौं ।’

गत वैशाख ५ गते मात्र धनुषाको शहिदनगर नगरपालिका १ पुरवारी टोल चिरैयाकाी २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउमा मट्टी तेल खन्यार आगो लगाएका थिए ।

घरायसी विवादको क्रममा घरमा कोहि नभएको मौकाछोपी लागुऔषध सेवनको कुलतमा फँसेका मुकेशले निर्मलाको हात खुट्टा बाँधेर जिउमा मट्टीतेल खन्याई आगो लगाएर ढोका बन्द गरी फरार भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org