इटालियन ठेकदार कम्पनी सिएमसीबाट नेपाल इन्भेष्टमेन्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको करिब ३ अर्ब धरौटी फिर्ता ल्याउन सफल
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले इटालियन ठेकदार कम्पनी सीएमसीको धरौटी फिर्ता ल्याउन सफल भएको छ।
नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले आर्थिक न्यूजडटकमसँग कुराकानीको क्रममा सिएमसीमा काउण्टर ग्यारेन्टीको १ अर्ब ११ करोड रुपैयाँ नेपाल आएको बताएका हुन ।
उनले भने, ‘हामीले इटालीको राम्रो बैंकको काउन्टरमा ग्यारेन्टी राखेको हुनाले समस्या भएन, यो रकम फिर्ता नगरे भएत उनीहरुको ब्राण्डमा पनि समस्या आउथ्यो ।’
नेपाल इन्भेष्टमेन्ट बैंकले २६ लाख ८ हजार यूरो तथा ५५ लाख ५३ हजार अमेरिकी डलर र १६ करोड ४७ लाख १० हजार नेपाली रुपैयाँ काउण्टर ग्यारेन्टीका रुपमा रकम रहेको थियो ।
त्यस्तैगरि, स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि १ अर्ब ५० करोड रुपैयाँ आइसकेको बुझिएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले काउण्टर ग्यारेन्टी दायित्व लिएको ७३ लाख ७३ हजार यूरो र ३ करोड ४१ लाख ९४ हजार नेपाली रुपैयाँ रहेको थियो ।
Comments
अरु समाचार
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...
-
नौ महिनामा एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व सङ्कलन गरेको...
-
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवकाे जोड
काठमाडौँ, १८ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास...
-
नेपालमै विद्युतीय गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता (फोटोफिचर)
विराटनगर। कोशी एन के मोटर्स स्वदेशमै बिजुली गाडीहरुको उत्पादनका लागि स्थापना भएको कम्पनी हो । चाइनाको विश्वबिख्यात बस निर्माता कम्पनी...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
प्रतितोला चार सय रुपैयाँले घट्यो सुनको मुल्य
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४...
-
प्रतितोला चार सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४ सय...
-
नेपालमा लगानी गर्नुस्, सहकार्यका लागि हामी तयार छौँ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरूलाई...