ताजा समाचार

सुनिल ग्रोबर (डा. गुलाटी) ‘द कपिल शर्मा शो’मा फर्कदै

काठमाडाैं । भारतीय कमिडियन सुनिल ग्रोबर ‘डाक्टर गुलाटी’ कपिल शर्मा शोमा फर्कने भएका छन् ।

अष्ट्रेलियाबाट स्वदेश फिर्ता हुने बेला विमान मा नै झगडा परेपछि सुनिलले कपिल शर्माको शो छाडेका थिए । तर, यी दुई कलाकारलाई बलिउड स्टार सलमान खानले मिलाउन थुप्रै कोसिस गर्दै आएका छन् ।

सुनिल कपिल शर्मा शो मा फर्कन लागेका भएपनि सधैका लागि भने होइन् । उनी चलचित्र भारतको प्रोमोसनका लागि सलमान खानसँगै शो मा फर्किन लागेको जनाइएको छ ।

यद्यपी कपिल शर्माले भने एक अन्तरवार्ताको क्रममा सुनिल तिहारपछि शो मा फर्कने दाबी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org