ताजा समाचार

दैनिक ५ उडान हुदैँ आएको धनगढी विमानस्थल बैशाख २२ गतेदेखि बन्द हुदैँ

काठमाडाैं । सुदुरपश्चिम प्रदेशमारहेको धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ ।

धावनमार्ग स्तरोन्नतिका लागि विमानस्थल यहि बेशाख २२ गतेदेखि जिठ २१ गतेसम्म विमानस्थल बन्द गर्न लागिएको धनगढी विमानस्थल प्रमुख तेजबहादुर बुढाथापाले जनाएका छन् ।

६० मिटर चाैडाई भएको विमानस्तलको धावनमार्गलाई विस्तार गरेर २/२ मिटर खुल्ला पारिने र १८ सय मिटर लम्बाई रहेको उक्त विमानस्थलको धावनमार्ग समेत विगत १४ वर्षदेखि स्तरोन्नति नभएका कारण विमानस्थल बन्द गर्न लागिएको हो।

दैनिक ५ जहाजले उडान भर्दै आएको उक्त एयरपोर्टमा जहाज पार्किङ समेत बढाउने तयारी थालिएको छ । हाल ३ वटा जहाजको पार्किङ गर्न सक्ने क्षमता रहेको उक्त विमानस्थलमा थप एउटा जहाज पार्किङ गर्न मिल्न बनाइने भएको प्रमुख बुढाथापाले जनाएका छन् ।

धनगढीमा बसेको सरोकारवालाको बैठकले विमानस्थलको स्तरोन्नतति गर्नुपर्ने भएकाले एक महिना विमानस्थलमा हुने उडान बन्द गर्ने निर्णय गरेको हो। बैठकले नेपाल नागरिक उड्यान प्राधिकरणको प्रधान कार्यालयलाई विमानस्थल बन्द हुने सूचना प्रकाशन गर्न आग्रह गर्ने निर्णय गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org