ताजा समाचार

मेयर विद्यासुन्दरको विलाैना- भीमसेन दाई उपमेयरलाई सम्झाइदिनु पर्‍यो, मलाई टेर्दै टेर्नु भएन !

काठमाडाैं। काठमााडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूलाई कसैले नटेरेको भन्दै दुख व्यक्त गरेका छन् ।

खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर र अनियन्त्रित किसिमका संरचनाबारे मिडियाले व्यापक रुपमा कुरा उठाएपछि मेयर शाक्यले सटर खाली गर्न उपमेयर हरिप्रभा खड्कीलाई जिम्मेवारी दिएपनि उपमेयरले नै अटेरी गरेका कारण भत्काउन समय लागेको दाबी गरेका छन् ।

खुलामञ्च अतिक्रमणबारे ध्यानाकर्षण गर्न महानगर पुगेका काठमाडौं- ७ का सांसद भिमसेनदास प्रधानसहितको टोलीसँग मेयर शाक्यले उक्त कुरा बताएका हुन्। उपमेयरले नै नटेरेको भन्दै सांसद भीमसेनदास श्रेष्ठलाई सम्झाइदिन आग्रह समेत गरेका छन् । मलाई त टेर्नु भएन, दाईले सम्झाइदिन पर्यो । उहाँ नेपाली कांग्रेस कै पार्टीको मान्छे हो ।

‘चैत २४ गतेको नगर परिषद् बैठकमा उपमेयर हरिप्रभा खड्गीलाई खुलामञ्चमा बनिरहेका सटर अनुगमन गरी खाली गराउन निर्देशन दिएको हो। उहाँले निर्देशनअनुसार काम गर्नुभएन,’ उनले भने, ‘उपमेयरले समयमै प्रतिवेदन दिनुभएको भए अहिलेसम्म ती सटर खाली गराउने काम भइसक्थ्यो, तपाईंहरू यहाँ आउनैपर्ने थिएन, न त हिजो विरोध गर्नुपर्थ्यो।’

‘मलाई आफ्नै उपमेयरले टेर्नुभएन भने अरू कसले टेर्छ? मेयरलाई बदनाम गराएर मात्र केही हुँदैन,’ उनले भने, ‘मैले त विधिसम्मत ढंगले काम गर्ने हो। अरू जसरी सडकमा तोडफोड गरेर हिँड्न मिल्दैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org