ताजा समाचार

प्रचण्ड भन्छन्ः राजनीतिमा जस्तो गीतसंगितमा विभेद हुँदैन, मैले पनि युवास्थामा खुवै गीत गाएको छु

काठमाडाैं । गीत संगितले कुनै पनि क्रान्ति वा संघर्षलाई उत्कर्षमा पुर्याउनका लागि अहम भुमिका खेल्ने नेकपा अध्यक्ष प्रचण्डले दाबी गरेका छन् । ०६२/०६३ को जनआन्दोलनको स्मरण गर्दै गीत,संगित र साहित्यको भुमिका अत्यन्तै प्रभावकारी हुने उनले जनाएका हुन् ।

आफुले समेत युवास्थामा गीत खुवै गाएको स्मरण गर्दै प्रचण्डले भने, ‘जनआन्दोलनको क्रममा समेत गीतले ठूलो भुमिका खेलेको थियो । कोहि नेता मैले देख्दैनथ्ये । जसले गीत गाउदैनथ्यो । जानेपनि नजानेपनि । मिलेपनि नमिलेपनि गीत गाउनै पर्थ्यो र गीत गाएर जनतालाई, कार्यकर्तालाई प्रभावित बनाउन पर्थ्यो । मैले जेबी जी लाई भन्ने पनि गरेको छु । गीतले जनतालाई क्रान्तिको मार्गमा ल्याउन सहयोग गर्छ ।’

राजधानीको प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजिय जेबी टुहुरे एकल साँझ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

यस्तै, प्रचण्डले राजनीतिमा जस्तो गीतमा कुनै किसिमको विभेद नहुने समेत दाबी गरेका छन् । जेबी टुहुरे ७५ वर्षको उमेरसम्म अनवरत गीत संगितमा लागेकोमा खुशी व्यक्त गर्दै प्रचण्डले कार्यक्रम सफलताको शुभकामनाका साथै धन्यवाद समेत दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org