ताजा समाचार

पति र सासुद्वारा जिउदै जलाइएकी कन्चनको उपचारको क्रममा निधन

काठमाडाैं । पति र सासुद्वारा जलाइएकी कन्चनको उपचारको क्रममा मृत्यु भएको छ ।

उपचारका लागि काठमाडाैं ल्याइएकी कन्चनको सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

सिरहा नगरपालिका-८ की २१ वर्षीय मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्याको प्रयास थिए।

कन्चनकाे शरीरकाे ८० प्रतिशत माग जलेकाे थियो। जलिरहेकाे अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए।त्यहाँ उपचार सम्भव नभएपछि सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा ल्याइएको थियो।

श्रीमतीलाई जिउँदै जलाउन खाेज्ने पति बेचन मण्डल फरार छन् भने कन्चनकी सासूलाई भने सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org