ताजा समाचार

प्रहरीले सुरक्षा सतर्कता कडा पारेपछि विप्लवका कार्यकर्ताले दिए नाम हटाइदिन निवेदन

काठमाडाैं । सुरक्षा व्यवस्था कडा पार्दै लगेपछि विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा बझाङ जिल्लाका केहि नेता कार्यकर्ताले आफ्नो नाम हटाइदिन आग्रह गर्दै निवेदन दिएको प्रहरीले जनाएको छ।

केदारस्युँ गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लव समूहमा आबद्ध नभएको भन्दै नाम हटाउन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक नैनबहादुर साउदले जानकारी दिएका छन्।

त्यस्तै, दुर्गाथली गाउँपालिका–७ का २८ वर्षीय सन्तोष दौल्यालले आफू विप्लव समूहमा नरहेको र आगामी दिनमा नरहने प्रतिबद्धतापत्रसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन्।

निवेदन दिएपछि उनीहरुको नाम अभिलेखबाट हटाइएको प्रहरी निरिक्षक साउदले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org