ताजा समाचार

प्रदेश १ को नाम र राजधानी प्रस्ताव पेश गर्न सभामुख भण्डारीको आह्वान

विराटनगर । प्रदेश १ को नाम र राजधानीसम्बन्धि प्रस्ताव पेश गर्न सभामुक प्रदीपकुमार भण्डारीको निर्देशनमा सुचना जारी भएको छ।

प्रदेशको नाम र राजधानी टुंगो लगाउन भन्दै यस्तो सुचना जारी भएको प्रदेशसभा सचिवालयका कानून अधिकृत मञ्जु खड्काले जनाएका छन् । प्रदेश र राजधानीबारे प्रस्ताव यहि बैशाख १९ सम्म सचिवालयमा दर्ता गराउन आह्वान गरिएको हो ।

कोशीर सगरमाथा नाम राख्न भन्दै विभिन्न चर्चा चलाउने गरिएको छ । भने, प्रदेश १ को राजधानीका लागि विराटनगर, धरान, इटहरी, गोठगाउँ (मोरङ) र धनकुटाले पनि माग गर्दै आएका छन् ।

दुई तिहाई सांसद भएपछि प्रस्तावलाई सहज ढंगले हल गर्न सकिने व्यवस्था छ । जसका लागि नेकपासँग दुई तिहाई स्पष्ठ रुपमा पुग्छ । दुई तिहाईइ पुग्न ६२ सांसद चाहिन्छ । प्रदेश १ का ९३ सांसद मध्ये नेकपाका ७६, कांग्रेसका २१, संघीय समाजवादी फोरमका ३ र संघीय लिम्बुवान परिषद् र राप्रपाका एक एक सांसद छन् ।

दर्ता भएका प्रस्तावका विषयमा १९ वैशाखको कार्य व्यवस्था परामर्श समितिको बैठकमा छलफल भएपछि सदनमा पेश हुनेछ ।

प्रदेशसभा १ को हालै संशोधित नियमावलीअनुसार नाम र राजधानीको प्रस्ताव दर्ता गराउन दुईजना समर्थक र एकजना प्रस्तावक चाहिन्छ ।
ती प्रस्तावमाथि छलफल गरी प्रदेशसभाले बहुमतले निणय गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org