ताजा समाचार

भारतीय कम्पनी जेट एयरवेजका कर्मचारीद्वारा आत्महत्या

काठमाडौं । वित्तीय संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतीय एयरलाइन्स जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार ५३ वर्षीय सैलेशकुमार सिंह पछिल्लो तीन वर्षदेखि पेटको क्इान्सरसँग जुधिरहेका थिए ।

पछिल्लो चार महिनामा उनको स्थिती थप खराब भएको थियो । प्रहरीका अनुसार सिंहले यसै वर्ष मार्चदेखि तलब पाउन छाडेका थिए । उनी अस्पतालमा भर्ना थिए । उनलाई शुक्रबार घर ल्याइएको थियो । उनले त्यसै दिन दिउँसो चौथो तल्ताबाट हाम फालेर आत्महत्या गरे ।

सैलेश सिंहका जेठा छोरा पनि जेट एयरवेजमै काम गर्छन् । उनले पनि तलब पाएका छैनन् । जेट एयरवेजका थुप्रै कर्मचारीले आर्थिक संकटका कारण समस्या झेलिरहेको बताएका छन् । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org