ताजा समाचार

विरामी आफैले प्रतिघण्टा ५ सय तिरेर जेनेरेटर ल्याए मात्रै डोल्पा जिल्ला अस्पतालमा एक्सरे

डोल्पा। डोल्पाको स्वास्थ्य सेवा प्रवाह कति कमजोर छ भने उपचार गर्न आउने बिरामी आफैंले जेनेरेटर ल्याउनुपर्ने बाध्यता छ । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन् ।

बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ। बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया मंगली रोकायाले बताइन्।

छोराको हात भाचिँदा आफैंले जेनेरेटर बोकेर अस्पताल लगेको पीडित जयकृष्ण हमालले सुनाए। उनी भन्छन्, ‘स्थानीय सरकार र अस्पताल व्यवस्थापन समितिले बेवास्ता गरी डोल्पाका नागरिकले दुःख पाइरहेका छन्, एक्सरे गर्न आफैं भाडामा जनेरेटर लिएर छोराको भाँचिएको हातमा प्लास्टर गर्नुप¥यो।’

अधिकांश बिरामीले भाडामा जेनेरेटर लिएर एक्सरे गराउने गरेको लामो समय हुँदा पनि अस्पताल व्यवस्थापन समितिले यसतर्फ ध्यान नदिएको काइकेका भीम बुढाले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org