ताजा समाचार

यति एयरलाइन्सले भित्र्यायो ट्वीन इन्जिन विमान

काठमाडौं । यति एयरलाइन्सले चौथो एटिआर ७२–५०० विमान भित्र्याएको छ । यतिले भित्र्याएको सो जाहाज शुक्रबार थाइल्यान्डबाट काठमाडौं आइपुगेको हो ।

जहाजको नेपाली रजिष्ट्रेसन नं नाइनएन एएनसी रहेको छ । चौथो जहाज भित्र्याएको यति एयरलाइन्सले नेपाल सरकारको भिजिट नेपाल २०२० मा २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानहरूले मद्दत गर्ने विश्वास लिएको छ ।

यतिले ल्याएको जहाज फ्रान्सेली तथा इटालियन कंसोर्टियमबाट निर्माण गरिएको ट्वीन इन्जिन टर्बोप्रोप हो ।

यति एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले कम्पनीको थप एटीआर ७२ जहाज आगमी मे महीनाभित्रै काठमाडौँ आइसक्ने जानकारी दिएका छन् ।

सन् १९९८ देखि उडान सेवा शुरु गरेको यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम जहाज र भगिनी संस्था तारा एअरको दुई वटा डोर्निओर डीओ २२८ र चार वटा ट्विनअर्टर जहाज छन् । कम्पनीले विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएको छ । क्षेत्रीय उडान खासगरी दुर्गम भेगमा तारा एयरले आफ्नो वर्चश्व कायम गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org