ताजा समाचार

पाल्पामा जन्ति बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १ जना हाम फालेर बाँचे !

पाल्पा । जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

जिपमा ६ जना सवार रहेकामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पा प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले न्युज-नेपाललाई जानकारी दिए ।

पाल्पाको निस्दी गाँउपालिका-०७ मा लु १ ज १९४१ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार ६ जनामध्ये ५ जनाको ज्यान गएको हो । पाल्पाको हुवास भन्ने ठाँउबाट भिरपानीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा जीपमा सवार यात्रु मध्ये १ जनाले हाम फालेर ज्यान जोगाएको जनाएका छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पोखरेलले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org