ताजा समाचार

प्रदेश ५ का मुख्यमन्त्री पहिलो पटक रोल्पा पुग्दा बम विस्फोट !

रोल्पा । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रोल्पाको सदरमुकाम लिवाङ पुगेकै बेला सोमबार दिउँसो बम विस्फोट भएको छ ।

लिबाङको पाल्लो पखेरा भन्ने ठाँउको एक गहुँबारीमा बम विस्पोट भएको हो। रोल्पा नगरपालिका-०४ रुन्टाबाङ र तित्रिकोटको बीचमा बम विस्पोट भएपछि घटनास्थल तर्फ प्रहरी पुगेको थियो । प्रहरीका अनुसार बम विस्पोट भएको ठाँउमा ठूलो खाल्डो परेको छ। गहुँबारीमा विस्पोट भएकाले कुनै क्षति भने बएको छैन् ।

पहिलो पटक रोल्पा आएका मुख्यमन्त्रीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले बम विस्पोट गराएर उनलाई वहिस्कार गरेको सन्देश दिन खोजिएको जनाइएको छ । तर, यसबारे विप्लवले कुनै प्रतिक्रिया भने दिएका छैनन् ।

स्टिलको कित्लीमा बारुद राखेर विस्फोट गराइएको प्रहरीले जनाएको छ। विस्फोट भएको क्षेत्र वरीपरी कित्लीको ढकन, विद्युतिय तार र स्टिलका टुक्रा फेला परेको समेत प्रहरीले जनाएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org