ताजा समाचार

एनआरएनए अमेरिका निर्वाचन: बोर्ड अफ डाइरेक्टरमा पदम ठकुराठीको उम्मेद्वारी

अष्टिन (टेक्सास) । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा टेक्सासको अष्टिन निवासी पदम ठकुराठी बलियो अवस्थामा देखिएका छन् ।

बर्तमान कार्यसमितीमा एनआरएनए टेक्सास च्याप्टरको महासचिव रहेका युवा व्यवसायी तथा समाजसेवी ठकुराठी ग्रेटर अष्टिन नेपाली सोसाइटीको दुई कार्यकाल उपाध्यक्ष समेत भएका थिए । मृदुभाषी, सबैसंग मिलेर जान सक्ने क्षमताका धनी ठकुराठीले आफ्नो अनुभव र समाजसेवाप्रतिको लगावलाई एनआरएनए अमेरिका मार्फत व्यापक बनाउन बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिएको बताउंछन् ।

नेतृत्वले अघि सारेका राम्रा योजनाहरु कार्यान्वयनमा सहयोग र समर्थन गर्दै अमेरिकामा रहेका गैर आवासीय नेपालीहरुको अवनत्व हुने एनआरएनए बनाउन सक्दो प्रयास गर्ने मेरो अर्को प्रतिबद्धता हो । समस्यामा परेका गैर आवासीय नेपालीहरुलाई संस्थागत रुपमा सहयोग गर्ने प्रतिबद्धता पुरा गर्न पनि बोर्ड अफ डाइरेक्टरमा मलाई जिताउन सबैको साथ र सहयोग चाहिएको छ, ठकुराठीले भने ।

ठकुराठी भन्छन्, नेपालको डडेल्धुरामा जन्मिएर महेन्द्रनगर, धनगढी हुंदै २००७ सालमा अमेरिका आएका ठकुराठी २००९ देखी टेक्सासको अष्टिनलाई कर्मथलो बनाएका हुन् । नेपाल देखिको समाजसेवा प्रतिको चाहना तथा अमेरिकामा आएर पनि नेपाली संघ संस्था र एनआरएनए अमेरिका टेक्सास च्याप्टर मार्फत एनआरएनएलाई नजिक बाट चिनेकोले पनि बोर्ड अफ डाइरेक्टरमा मेरो जित आवश्यक ठानेको छु।

निर्वाचन नजिकिदै गर्दै प्रचारप्रसारलाई पनि व्यापक बनाउने योजना सहित अघि बढेका ठकुराठीलाई अष्टिनवासी नेपालीहरु तथा अग्रजहरुको पनि साथ र समर्थन रहेको छ । एनआरएनएले अघि सारेका दोहोरो नागरिकता लगायतका ठुला मुद्धाहरु सफल बनाउन आफ्नो तर्फबाट सक्दो कार्य गर्ने अटोठ सहित टेक्सास च्याप्टर महासचिव हुंदा अष्टिनबाट नै उद्घाटन भएको हेल्प डेस्क प्रोगामलाई अझै प्रभावकारी बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता पनि जनाउन चाहान्छु त्यसैले आगामी कार्यकाल २०१९/२०२१ का लागी मलाई बोर्ड अफ डाइरेक्टरमा बिजयी बनाउन अमेरिकामा रहेका एनआरएन मतदाताहरुको भोटको खाँचो छ, ठकुराठीले बताए ।

आउंदो मे १८ र १९ तारिखमा एनआरएनए अमेरिकाको निर्वाचन हुंदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org