ताजा समाचार

मकालुमा भेटिएको भनिएको ‘यति’ के हो ? यो भन्दा पहिले यसरी भएको थियो ‘यति’बारे अनुसन्धान…

काठमाडाैं । भारतीय सैनिकले मकालु बेस क्याम्पको आरोहणको क्रममा यतिको पाइला भेट्टाएको दाबी गरेको छ  ।

भारतीय सैनिकले मकालु बेस क्याम्पमा आश्चार्यजनक रुपमा यतिको पाइला भेटेको भन्दै आफ्नो अफिसिएल ट्विटर ह्याण्डलमा फोटो सहित सार्वजनिक गरेपछि यसबारे विभिन्न चर्चा हुन थालेको छ ।

एक विशाल जंगली हिम मानव ‘यति’को पाइला भेटिएको दाबी भने सत्यतामा परिणत हुन भने सकेको छैन्  । यद्यपी अहिले विश्वभर यसको चर्चा सुरु भएको छ । टाइम्स अफ इन्डियाले यसबारे जनाएअनुसार भारतीय सैनिकले यति भेटाएको हो। तर, अन्तराष्ट्रिय संचार माध्यमले भने शंकाको घेराबाट समेत हेरेका छन् ।

भारतीय सैनिकले यसबारे थप अध्ययन फोटोसहित गर्न विषेशज्ञ टोलीलाई नमुना दिएको दाबी समेत गरिएको छ ।

तर, नेपाली अधिकारीहरुले भने भारतियले होहल्ला बढि गर्ने भएकाले यो हिमाली भालु हुनसक्ने जनाएका छन् । तर, भारतिय सैनिकको टोलीसँग नेपाली सैनिकको टोली समेत गएकाले उनीहरु फर्केपछि सबै कुरा थाहा हुने नेपाली सेनाले जनाएको छ ।

के हो यति ?

यति एक हिम मानव जस्तै जीव हो । यतिलाई हिमालयको एक सृष्टिकर्ता समेत मानिन्छ । यतिका पाइलाहरु सामान्यतयाः नेपाल भुटान र भारतमा पाइने गरेको जनाइन्छ ।

किम्बदन्तिको रूपमा रहेको यस जीवको हाल सम्म कुनै प्रामाणिक अस्तित्व प्राप्त भने भएको छैन। यसबारे आजसम्म कसैले स्वतन्त्र पुष्ठि समेत गर्न सकेको छैन् ।

अनुसन्धानमा के भएको थियो यो भन्दा पहिले ?

सन २०१३ मा बेलायती वैज्ञानिकले अध्ययन गरेर यसबारे केहि तथ्य खुलाएका थिए । जसका अनुसार उनीहरुले यसलाई खैरो भालुको उप-जातिको जस्तै देखिने निष्कर्ष निकालेका थिए ।

सन २०११ मा नेपालबाट यतिको आैला डिएनए टेस्टका लागि बेलायल लगिएको थियो । जसमा उनीहरुले गरेको अध्ययन अनुसार आधा सताब्दी पहिलेको मानिसको हड्डी भएको जनाएका थिए ।

तर, २०१३ मा कपालको नमुनाबाट गरिएको डिएनए टेस्टका अनुसार अक्सफोर्ड विश्वविद्यालयका वंशाणु विषेशज्ञ बर्यन सेइक्सले प्राचिन पोलार भालुसँग म्याच गराएर हेरेका थिए । जसका अनुसार उनले, अचम्मको रहस्य भन्दै एक जनावर रहेको र पोलार (ध्रुविय) भालु र खैरो भालुको हाइब्रिड रुप रहेको जनाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org