ताजा समाचार

चीनबाट फर्केको २४ घण्टा नवित्दै नेकपा नेता माधवकुमार नेपाल अमेरिका प्रस्थान

काठमाडाैं । चीन भ्रमणबाट फर्केको २४ घण्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गरे ।

यो उनको दोस्रो अमेरिका भ्रमण हो । पटक–पटक विदेश भ्रमणमा निस्केको भन्दै पार्टीभित्र नेपालबारे टीकाटीप्पणी हुन थालेको छ ।

उनी नेकपाभित्र सबैभन्दा धेरै विदेश भ्रमण गर्ने शीर्ष नेतामा पर्छन् । उनी सबैभन्दा बढी चीन तीनपटक गएका छन । अमेरिका दुईपटक पुगे । नेपालले बेलायत, ब्राजिल एक–एकपटक भ्रमण गरेका छन् । भने, उनी पटक पटक विदेश भ्रमण निस्किन थालेपछि नेकपामा थप शंका उत्पन्न हुन थालेको छ ।

यद्यपी नेपालमा भएको एसिया प्यासिफिक समिटको बेला समेत नेता नेपालले एकराज |ढकालसँग मिलेर सरकारलाई समेत फसाको आरोप लागेको थियो । उनी विदेश भ्रमणमा जान पाएपछि जस्तो सुकै कदम चाल्न पछि पर्दैनन् । नेकपाका एक नेता भन्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org