ताजा समाचार

गुडविल फाइनान्स लिमिटेडले चालु आवमा ३ करोड १४ लाख ७२ हजार खुद नाफा कमायो

वैशाख २०, काठमाडौं गुडविल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनामा गत वर्षभन्दा १६ प्रतिशत बढी रू. ३ करोड १४ लाख ७२ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा रू. २ करोड ७० लाख ९६ हजार थियो । यस वर्ष कम्पनीले रू। २ करोड ३ लाख ३४ हजार खराब कर्जा उठाएकाले खुद नाफा बढ्न सहयोग मिलेको हो ।

यस वर्ष गत वर्षभन्दा सञ्चालन नाफा भने घटेको छ । गत वर्षको ९ महीनामा रू। ४ करोड ९ लाख १० हजार सञ्चालन मुनाफा गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ६१ लाख ६७ हजार मात्र सञ्चान मुनाफा गरेको हो । हाल कम्पनीको रू.८० करोड चुक्तापूँजी रहेको छ । गत वर्षभन्दा यस वर्ष जगेडा कोष रकम ११ प्रतिशत वृद्धि भई रू. १५ करोड ६१ लाख पुगेको छ ।

कम्पनीले यो ९ महीनामा गत वर्षभन्दा करीब ३५ प्रतिशत बढी रू. ६ अर्ब ९१ करोड ४० लाख ४३ हजार निक्षेप संकलन गरेको छ भने ३१ प्रतिशत बढी रू. ५ अर्ब ७० करोड ४७ लाख ७७ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीले निष्क्रिय कर्जा १ प्रतिशतमा सीमित गरेको छ । चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५ रूपैयाँ २५ पैसा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org