ताजा समाचार

प्रभु बैंकको नाफा ५८ प्रतिशत वृद्धि

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ४५ करोड नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा १ अर्ब ४५ करोड २१ लाख ७१ हजार पुग्दा माघदेखि चैतसम्म बैंकले ४१ करोड रुपैंया नाफा कमाएको देखिएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा ५८.३६ प्रतिशत हो ।

नाफासँगै बैंकका वित्तीय परिसूचकमा उच्च सुधार देखिएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ३.९० बाट घटेर २.४२ प्रतिशतमा झर्दा लोन लस प्रोभिजन ७५ प्रतिशतबाट बढेर १३० प्रतिशत पुगेको छ । त्यस्तै अघिल्लो त्रैमासमा ६.३९ प्रतिशत रहेको कस्ट अफ फण्ड ०.२१ प्रतिशतले घटेर ६.१८ प्रतिशत कायम हुँदा बेसरेटमा १.०१ प्रतिशत भन्दा बढीले घटेर ९.१६ प्रतिशत कायम भएको छ ।

यो बेसरेटका आधारमा प्रभु बैंकका ऋणीहरुको ब्याजदर १ प्रतिशत भन्दा बढीले सस्तिने देखिएको छ । अन्य वित्तीय परिसूचकको सुधारसँगै बैंकले ४.४१ प्रतिशत रहेको स्प्रेडदर ४.८८ प्रतिशतमा पुर्याएको छ, यद्यपि नेपाल राष्ट्र बैंकले ४.७५ प्रतिशतसम्म कायम गर्न भनेको बेसरेट तोकिएकोभन्दा बढी हो ।

तीन महिनाको अवधिमा करिब १० अर्बले निक्षेप संकलन बढाएको प्रभुले कर्जा प्रवाह १४ अर्बले बढाउँदा सीसीडी अनुपात भने ७४.४९ प्रतिशतबाट ७५.८२ प्रतिशत पुगेको छ । बैंकको पुँजीकोष अनुपात ११.४४ प्रतिशत छ, यसले पुँजीकोषमा वृद्धि गर्नुपर्ने वाध्यता बैंकलाई देखिन्छ । ८ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको बैंकको यो शेयर वितरणप्रश्चात् यो अनुपातमा केही सुधार देखिनेछ ।

बैंकले अघिल्लो वर्ष ५.९० अर्ब रहेको ब्याज आम्दानी बढाएर ८.०१ अर्ब पुर्याउँदा ब्याज खर्च ३.९५ अर्बबाट बढाएर ४.६४ अर्ब पुर्याएको छ । प्रशासनिक खर्च पनि बढेर १ अर्ब ७ करोडबाट १ अर्ब २४ करोड पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org