अज्ञात रोगले गाउँले धमाधम बिरामी
खलङ्गा । जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताए।
प्रत्येक घरमा बिरामी खाली नभएको उनले बताए । रोग पहिचान नभए पनि प्रत्येक बिरामीलाई शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको उनले बताए । शिक्षक कुँवरका अनुसार विद्यार्थी शिक्षकसमेत बिरामी परेपछि पठनपाठनसमेत प्रभावित भएको छ । सबै उमेर समूहका व्यक्तिलाई अज्ञात रोगले सताएको स्थानीय सूर्य बुढाले बताउनुयभो । स्वास्थ्य संस्था भने बेखबर भएको स्थानीयले गुनासो गरेका छन् ।
रोगले विस्तारै तातोपानी–७ का सर्मी, सुर्की, ताम्ती र बारागाउँमा समेत असर पारेको वडा नम्बर ७ का वडाध्यक्ष मकरबहादुर रावतले बताए । अब छिट्टै स्वास्थ्यचौकीसँग समन्वय गरेर उपचार अघि बढाइने उनले बताए । जनता सेवक आधारभूत काटिया सर्मीका विद्यार्थीको स्वास्थ्य अवस्था बुझेर उपचार गरिने लामाबगर स्वास्थ्यचौकीका इञ्चार्ज भूपेन्द्र पाण्डेले बताए ।
Comments
अरु समाचार
-
व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै
सिमकोट । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै बेहुला-बेहुलीको जन्ममिति अनिवार्य
काठमाडाैँ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता...
-
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
-
केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...
-
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ...