ताजा समाचार

नयाँ शक्ति फोरम एकता घोषणा आज, बाबुराम सिनियर अध्यक्ष बन्दै

काठमाडाैँ । नयाँ शक्ति तथा संघीय समाजवादी फोरमबीच आज (सोमबार) पार्टी एकता घोषणा हुँदै छ।

काठमाडौँको राष्ट्रिय सभागृहमा दिउँसो ११ः ४५ बजे हुने कार्यक्रममा एकताको औपाचारिक घोषणा गर्ने कार्यक्रम छ ।

नयाँ पार्टीको नाम समाजवादी पार्टी, नेपाल राख्ने सहमती दुई दलबीच भइसकेको छ। एकतापछि डा भट्टराई र यादव दुवै नयाँ पार्टीको अध्यक्ष बन्ने छन्।

भट्टराई संघीय परिषदको अध्यक्ष बन्नेछन् भने यादव केन्द्रीय समितिको अध्यक्ष बन्ने सहमती दुई दलबीच भएको छ।

पार्टीभित्र बाबुराम पहिलो र उपेन्द्र दोश्रो बरियतामा रहनेछन्। तीन सय सदस्यीय केन्द्रीय समितिमा दुई सय फोरमका र एक सय नयाँ शक्तिका रहने सहमती दुई दलबीच भइसकेको दुबै दलका नेताले जनाएका छन्।

संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ स‌ांसद छन्।

भट्टराई र यादव दुबैको पृष्ठभूमि माओवादी जनयुद्ध हो। ०५४ सालमा माओवादी छाडेका यादव त्यसयता लगातार फोरमको अध्यक्ष छन्। हाल उनी फोरमको अध्यक्ष तथा सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org