ताजा समाचार

नेकपाको निर्णय विरुद्धको आन्दोलनमा नेकपाकै नेता सहभागी, विराटनगर बजार ठप्प !

विराटनगर । प्रदेश १ को राजधानीबारे नेकपाले गरेको निर्णय विरुद्ध आन्दोलन चर्किएपछि विराटनगर महानगरपालिकाको जनजीवन प्रभावित बन्दै गएको छ ।

प्रदेश संरचनाबारे नेकपाले बृहत विराटक्षेत्र अन्तरगत विराटनगर, इटहरी र सुन्दरहरैचा आसपासमा निर्माण गर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएपछि सत्तारुढ दलका केहि नेतासहित विपक्षी दल तथा स्थानिय व्यापारीहरुले आन्दोलन थालेका हुन् । आन्दोलनका कारण आज बिहानै देखि बजार ठप्प रहेका कारण जनजीवन प्रभावित बन्दै गएको हो ।

राजधानीसँगै कार्यपालिका तथा व्यवस्थापिकालगायत अन्य संरचना विराटनगरमै हुनुपर्ने माग राख्दै अनिश्चितकालिन आन्दोलन सुरु भएको हो। आन्दोलनका क्रममा विराटनगर महानगरपालिका क्षेत्रमा बजार, उद्योग, शिक्षण संस्था, यातायात बन्द भएका छन्। विराटनगरलाई एकीकृत रुपमा राजधानी बनाउनुपर्ने मागसहित शान्तिपूर्ण दबाब समिति गठन गरिएको छ।

अर्थशास्त्री डा.भेषप्रसाद धमला संयोजक रहेको समितिमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, उद्योगी व्यवसायी, यातायात व्यवसायी, नागरिक समाज, विराटनगर महानगरपालिका, एन प्याब्सन, प्याब्सनलगायतका पदाधिकारी सदस्य रहेका छन्। समितिमा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी लगायतका नेताहरु पनि रहेका छन्।

प्रदेश १ को राजधानी िराटनगरबाट सार्ने षडयन्त्र हुन थालेको भन्दै आन्दोलन गर्नु परेको आन्दोलनमा सहभागी नेताहरुले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org