ताजा समाचार

सडकमा एयरपोर्ट बनाउने होइन, बाटो सिधा बनाउने त्यसमा आकस्मिक अवतरण गर्न सकिन्छ भन्ने होः प्रधानमन्त्री ओली

काठमाडाैं । सडकमा एयरपोर्ट भन्ने कुरा नीति तथा कार्यक्रममा कतै नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् ।

विभिन्न देशका विभिन्न स्थानमा आकस्मिक विमान अवतरण गराएर संभावित दुर्घटना टरेको उदाहरण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले सिधा बाटोमा विमान अवतरण गर्ने गरि बाटो बनाउन सकिन्छ भन्ने कुरा समावेश गरेको हो ।

स्टेट सडकमा १० किलोमिटरसम्म रुख र घरहरु नभएको खण्डमा यस्तो गर्न सकिन्छ । आकस्मिक अवतरणबाट संभावित दुर्घटना टार्ने कुरा गर्दा कोलाहाल किन ? विपक्षी लगायतलाई प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरेका छन् । व्यङ्ग्यात्मक ढंगले उनले भने, यो कुनै मजाक उडाउने विषय हो र? सरकारले यस्तो योजना बनाउदो रहेछ । यस्तो पनि सोच्न भ्याउदो रहेछ बनेर खुशी हुने ठाउँमा के हो यो ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org