ताजा समाचार

प्युठानको स्वर्गद्वारी नगरपालिकामा जनमोर्चा र नेपाली कांग्रेसका ३ सय बढि नेता कार्यकर्ता नेकपा प्रवेश

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्युठानमा राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसबाट ३ सय बढि नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन्

स्वर्गद्वारी नगर कमिटिको आयोजनामा सम्पन्न नगरस्तरिय आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा तीन सय बढि नेता कार्यकर्ता नेकपामा प्रवेस गरेको नेकपा स्वर्गद्वारी नगर कमिटिले जनाएको छ ।

कार्यक्रममा नेकपा स्थायी कमिटि समस्य मणी थापाको हातबाट टिका ग्रहण गरेर पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो । आमसभालाई सम्बोधन गर्दै नेता थापाले भने, नेकपा कडा रुपमा प्रस्तुत भएको छ । विकास र संबृद्धि हामीबाट संभव छ । युवा तथा न्यायप्रेमी जनसमुदायले समेत हामीलाई विश्वास गर्नु भएको छ । यहाँहरुको विश्वासलाई कत्ति पनि डगमगाउन दिने छैनाैं ।

यस्तै, कार्यक्रममा प्युठन नेकपा अध्यक्ष तुलसीराम शर्मा, प्रदेश कमिटि सदस्य कृष्ण अधिकारी, कृष्ण घिमिरे लगायत अखिल क्रान्तिकारी उपमहासचिव मिलन एमसी, केन्द्रिय सचिवालय सदस्य सुमनराज श्रेष्ठ, वाइसिएन केन्द्रिय सदस्य मुकेश थापा, सुजन रोका लगायत नेताहरु उपस्थित रहेका थिए ।

प्युठान नेकपा संगठऔन विस्ततार अभियानमा सक्रिय अखिल क्रान्तिकारी उपमहासचिव एसमीले प्युठान कम्युनिष्टको गढ मात्रै नभएर नेकपाको गढ बन्न पुगेको दाबी गरेका छन् । नेता एमसीले प्युठानमा विकासको मुल फुटाउन सकेको प्रयास गर्ने भन्दै आम प्युठानीलाई पार्टीमा समाहित हुन आग्रह समेत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org