ताजा समाचार

मनमोहन यू-१६ राष्ट्रिय क्रिकेटको उपाधि प्रदेश २ लाई

काठमाडौं । मनहमोहन मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ ले जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ४ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

विजेता प्रदेश दुई ले रु २ लाख ५० हजार नगद रुपैंया र सो सरहको ब्याट, बल किट, गातको खेलकुद सामग्री प्राप्त हो । त्यस्तै उपविजेतामा चित्त बुझाएको सुदरपश्चिम १ लाख २५ हजार र सो सहरको खेलकुद सामग्री प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमका कप्तान सुवास ऐर घोषित भए । त्यस्तै वेष्ट बलर प्रदेश नम्बर तीनका दिपक बोहोरा चुनिए । उनले प्रतियोगिता भर ८ विकेट लिएका थिए । बेष्ट ब्याट्सम्यान प्रदेश तीनका आईश भट्टराई घोषित भए । उदयमान खेलाडीको उपाधि प्रदेश नम्बरका स्पिनर भागर्व चटौत चुनिए । उनिहरुले खेलकुद सामग्री प्राप्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org