ताजा समाचार

निगमलाई झण्डै करोड भाडा तिरेर प्रधानमन्त्री ओली भियतनाम भ्रमणमा जाने !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर भियतनाम कम्बोडिया भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री ओली निगमको न्यारोबडी एयरबस ३२० मार्फत भोली बैशाख २६ गते एक साता लामो विदेश भ्रमणमा निस्किने भएका हुन् । निगमको विमानलाई प्रतिघण्टा आजको डलर भाउ अनुसार १२ लाख ९१ हजार ३ सय ३० रुपैया भाडा तिर्नु पर्नेछ । यद्यपी भाडा १ हजार ६ सय २० अमेरिकी डलर हो ।

प्रधानमन्त्री ओली नेतृत्वको टोलीका लागि चार्टर गरिएको विमानले झण्डै सात घण्टाको भाडा लिने निगम स्रोतले जनाएको छ । सात घण्टाको जम्मा भाडा आजको अमेरिकी डलरको रेट अनुसार ९० लाख ३९ हजार ३ सय १४ रुपैयाँ हुन आउँछ ।

परराष्ट्रले उक्त भीभीआईपी चार्टर उडानमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ३५ जना यात्रु रहने जनाएको छ । निगमको विमान काठमाडौंबाट मंगलबार भियतनामको राजधानी हनोई जानेछ ।

प्रधानमन्त्रीसहितको टोलीलाई हनोईमा छाडेर त्यसै दिन नेपाल फर्किने छ । भियतनामपछि कम्बोडिया हुँदै प्रधानमन्त्री जेठ १ मा बैंककबाट निगमको नियमित उडानमा काठमाडौं फर्किने कार्यक्रम छ ।

यसअघि प्रधानमन्त्री ओली चीन भ्रमणमा नीजि विमान कम्पनीको विमान चार्टर गरेर भ्रमणमा निस्केका थिए । जसका कारण उनी निकै विवादीत समेत बनेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org