ताजा समाचार

प्रधानमन्त्री ओली भियतनाम प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम प्रस्थान गरेका छन् । भियतनाम पछि प्रधानमन्त्री ओली कम्बोडिया जानेछन् ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओली भियतनाममा यही वैशाख २६ देखि ३० गतेसम्म‍ रहनेछन् । त्यसपछि ओली नेतृत्वको टोली वैशाख ३० देखि जेठ १ सम्म कम्बोडियामा रहने छ ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रिगण र उच्च कर्मचारीले बिदाइ गरेका छन् ।

सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org