ताजा समाचार

पत्नीको सिउदोमा पुनः सिन्दुर हालेका प्रचण्डले भनेः यो सब सीताको आविस्कार हो !

काठमाडाैं । विवाहको ५० औं वर्षगाँठको अवसरमा आयोजित विवाह कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नो परिवारलाई सुखदुःखमा जनताले दिएको साथ अतुलनिय रहेको दाबी गरेका छन् ।

एक वर्ष अगाडी देखि नै सीताले विवाहको ५० वर्ष पुग्न थाल्यो । परम्परा अनुसार पुनः विवाह गर्ने प्रचलन हुँदो रहेछ भन्दै आएको र परिवारका सदस्यले समेत यसैगरि भनिरहेकाले यो कार्यक्रम आयोजना गरिएको हो । डाक्टरका अनुसार आैषधीले मात्रै काम नगर्ने र मनोवैज्ञानिक रुपमा समेत केहि गर्न सकेमा सीताको उपचार हुनसक्छ भन्ने कुरा आएकाले यसै मान्यताका आधारमा यो कार्यक्रम आयोजना गरिएको हो । प्रचण्डले भने ।

पुन विवाहको कार्यक्रम सीताको नै आविस्कार हो भन्दै प्रचण्डले यो सबै सीताको आविस्कार रहेको दाबी गरेका छन् ।

विवाह कार्यक्रममा सीताले बिहानदेखि अहिलेसम्म आनन्दले धानेको भन्दै सीताको स्वास्थ्यमा समेत चमत्कारीक परिवर्तन हुने आशा गरेको र अनुहारमा समेत खुशी छाएको जनाएका छन् ।

कार्यक्रममा सहभागी सबैलाई जलपान गरिदिन आग्रह गरेका प्रचण्डले हतार नभएकालाई जलपानमा सहभागी हुने अनुरोध गर्दै हात्ती छिर्यो पुच्छर अड्क्यो नगर्न अनुरोध गरेका हुन् । आफ्नो परिवार र आफ्नो जीवन खुल्ला कितावजस्तै भएकाले सवै कुरा छर्लङ्ग रहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org