ताजा समाचार

बजेट अर्धनिद्रामा अल्छि गरेर लेखेको निबन्ध जस्तै हुन पुगेछः बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टी नेपालका केन्द्रिय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेट अर्ध निद्रामा अल्छि गरेर लेखेको निबन्ध जस्तो भएको टिप्पणी गरेका छन् ।

संसद्मा आज बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलमा सहभागी भएका भट्टराईले बजेट कर्मकाण्डी र दिशाहीन बन्न पुगेको भन्दै अर्थमन्त्रीले अर्धनिद्रामा अल्छि गरेर तयार पारेको दाबी गरेका हुन् ।

नीति कार्यक्रम आउनु भन्दा सुझाव दिन पाएको भए राम्रो हुन्थ्यो भन्दै भट्टराईले उल्टो भएको बताए । प्री बजेट छलफलमा सहभागी भएका उनले भने, ‘खालि कर्मकाण्डी प्रकारका दस्तावेज जस्तो आयो, त्यसैले विरालो बाधेर श्राद्ध गर्ने विधी मात्र हुन्छ कि भन्ने लाग्छ ।’

उलने अलि समय लगाएर मिहेनत गरेर बजेटको सिद्धान्त र प्राथमिकता बनाएको भए उपयुक्त हुने बताए । समयमै ध्यान दिन नसकेमा अर्थतन्त्र रोगका कारण मोटाएको मानिस जस्तो हुनसक्ने दाबी उनको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org