ताजा समाचार

अधबैसे महिलालाई प्रेमको प्रेममा पर्दा ङठिलेन शेर्पा पुगे कोमामा !

काठमाडौं । भोटेकोशी डाँडा गाउँका ङठिलेन शेर्पा प्रहरीको गिरफ्तारपछि भिरबाट खसेर गम्भिर घाइते भएका छन् ।

शेर्पा घाइते भएपछि परिवारको सहयोगमा सिन्धुपाल्चोक सिमा प्रहरी कार्यालय दश किलोबाट शिक्षण अस्पताल महाराजंगमा भर्नापछि मेजर अप्परेशन गरिएको छ ।

शेर्पाको टाँउकोमा गहिरो चोट लागेको अस्पताल स्रोतले बताएको छ । उनको दाहिने पाखुरा समेत भाँचिएको छ । उनी महाराजगंज शिक्षण अस्पतालको आइसियुमा उपचारत छन । उनको उपचार उनकै दिदी भिनाजुले गरिरहेको परिवार स्रोतले दावी गरेको छ ।

शेर्पा शिक्षण अस्पतालको बेडमा जिवन मरणको दोसाधमा रहदाँ समेत प्रहरी र जाहेरी कर्ताहरु बेखवर हुनु आश्र्चायको विषय भएको छ । प्रहरीले पक्राउ गरेर कार्यालय तर्फ ल्याउदै गर्दा भिरबाट खसेका शेर्पालाई उपचार गराउनुको सट्टा उनलाई परिवारको जिम्मा गलाएर उम्कन खोजेको देखिन्छ ।

सामान्य दुर्घटना भएको मानिसलाई समेत प्रहरीले अस्पतालमा उपचार गराउन लैजानु पर्नेमा प्रहरीकै सामु भीरबाट खसेका व्यक्तिको उपचार गर्नुको सट्टा प्रहरी उम्कन खोज्नुले प्रहरी अधिकारी प्रति नै शंकाको ठाउ दिएको छ ।

घटना विवरण अनुसार अविवाहित शेर्पाको गाँउकै श्रेष्ठ परिवारका एक विवाहित अन्दाजी ३८ वर्ष जतिकि अधबैशे महिलासँगको प्रेम सम्बन्ध थियो । विवहापछि माइती घरमा बस्दै आएकी श्रेष्ठलाई शेर्पाले दिदी भिनाजुको घर बोक्चेनमा भगाएर लुकाउन ल्याएका थिए । दिदी भिनाजुको घरमा आउनै नपाइ उनी प्रहरीको गिरफ्तारीमा परेको वारिवारीक स्रोतले दावी गरेको छ ।

स्रोतका अनुसार शेर्पालाई बोक्चेनबाट सिन्धुपाल्चोक नामथाङग प्रहरी कार्यालयका प्रहरीले पक्राउ गर्दै सिमा प्रहरी कार्यालय दशकिलो ल्याउदै गर्दा शेर्पा प्रहरीकै घेराबाट अन्दाजी ३० किलो मिटर जति भिरबाट खसेका थिए । नारायण थान प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश यादवले शेर्पालाई अपशब्द प्रयोग गर्दै तथानाम गालि गलौज गरेका थिए ।

रगतले लतपतिएका शेर्पालाई औषिधि उपचार गराउनु भन्दा पनि प्रहरीले शेर्पालाई नाटक गरेको जस्ता शब्द प्रयोग गर्दै पानी छ्याप्ने काम गरेर अमानविय व्यवहार गरेको स्थानिय जनप्रतिनिधिहरुको गुनासो रहेको छ ।

प्रहरीले घटना भएको धेरै लामो समयपछि श्रेष्ठ केटीलाई माइतिको जिम्मा लगाएका थिए भने, शेर्पालाई पनि उपचार गराउन अस्पताल लैजानु पर्ने विरामिलाई दिदी भिनाजुको जिम्मा लगाए । दिदी भिनाजुले केहि आफ्न्तहरुको सहयोगमा शेर्पालाई काठमाडौ शिक्षण अस्पतालमा ल्याएर उपचार गराउदै छन तर शेर्पा भने अचेत छन ।

शेर्पालाई श्रेष्ठ परिवारका सदस्यहरुले सुनिता श्रेष्ठलाई शेर्पाले अपहरण गरेको भन्दै संगिता, रामकाजी र गोविन्दले प्रहरीमा जाहेरी दिएको प्रहरी स्रोतले बताएको छ ।

केटी पक्ष, पक्राउ गर्ने प्रहरीपक्षलाई वडा कार्यालयले छलफलका लागि बोलाउदा कोहि पनि नआएको वडा कार्यालय स्रोतले बताएको छ ।
यसै सम्बन्धमा सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मुकुन्द मरासीनी भन्छन“ घटना घटेको सत्य हो । मानिस अपहरण परेको जाहेरी प्रहरीमा आएपछि मानिस खोजि गरेर प्रहरी कार्यालयमा ल्याउदै गर्दा मानिस ढलेर भिरतिर खसेको हो । उ छारेरोगको विरामि भएका कारण ढलेको हो । उनलाई प्रहरीले कुनै पनि अमानविय व्यवहार गरको छैन । प्रहरीले हराएको मानिस खोज्यो भेटाएपछि आ–आफ्ना परिवारका मानिसलाई जिम्मा लगाएको हो । यसमा प्रहरीको कुनै दोस नरहेको बताउदै उनी उम्कन खोजे ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org