ताजा समाचार

नायिका तथा नेतृ करिष्मा मानन्धरको घरमा चट्याङ्ग

काठमाडाैँ । नायिका करिश्मा मानन्धरको घरमा चट्याङ्ग परेको छ ।

आइतवार अपरान्ह आएको हावा हुरीका क्रममा घर परिसरमै चट्याङ्ग परेको हो । नायिका करिश्माका अनुसार गोदावरीस्थित घर परिसरमा रहेको रुखमा चट्याङ्ग परेको हो। घर परिसरमा चट्याङ्ग परेपछि रुखमा क्षति पुगेको छ।

चट्याङ परे पनि घरका अन्य सामान र मानिसलाई केही भएको छैन। केही दिनदेखि चर्को गर्मी भइरहेका बेला आइतवार मौसम परिवर्तन भएर बर्षात् भएको हो। मौसममा खराबीसँगै देशका विभिन्‍न भागमा हावाहुरी र बर्षात् भएको छ। राजधानी उपत्यकाका विभिन्‍न ठाउँमा हावाहुरीसँगै बर्षात् पनि भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org